प्रतिनिधिसभा बैठक : तीन विधेयक पारित

डिसी नेपाल
२६ साउन २०७६ २३:२८

काठमाडौँ। प्रहरी समायोजन विधेयक, २०७६, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक, २०७६ र वातावरण संरक्षण विधेयक, २०७६ पारित भएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले सदनमा निर्णयार्थ प्रस्तुत गरेपछि सर्वसम्मतिबाट ती विधेयक पारित भएका हुन्।

सदनसमक्ष क्रमशः गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए।

प्रतिनिधिसभाको अर्को बैठक यही साउन २८ गते अपरान्ह १ बजे बस्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *