पार्टी एकताले पूर्णता नपाउँदा नेकपामा गुटगत विवाद चर्किँदै

डिसी नेपाल
२८ साउन २०७६ ७:२९

काठमाडौं। तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर गठन भएको नेकपामा स्पष्ट रुपमा दुई धार देखा पर्न थालेको छ। नेताहरु एक आपसमा आरोप प्रत्यारोपमा उत्रिन थालेका छन्। पछिल्लो समय केन्द्रीय सदस्य सुर्य थापा र युवा संघका अध्यक्ष दीपशिखाबीच सामाजिक संजालमार्फत आरोप प्रत्यारोप भइरहेको छ।

विशेष गरी प्रचण्डले आलोपालो सरकार चलाउने सहमति भएको सार्वजनिक गरेपछि पूर्व एमाले त्यसमा पनि प्रधानमन्त्री ओली निकट नेताहरु सशंकित हुन थालेका छन्। उनीहरुले सकेसम्म प्रचण्डका हरेक अभिव्यक्तिको विरोध गर्न थालेको देखिन्छ।

पार्टी एकताको कामले पूर्णता नपाउँदा नेता कार्यकर्ता फुर्सदिला भएका कारण पनि नेता कार्यकर्ता आरोप प्रत्यारोपमा उत्रिका हुन सक्ने नेताहरुको बुझाइ छ। पार्टी एकताको काम करिव करिव टुंगोमा पुगेपनि अझैसम्म स्थानीय तहको एकता प्रक्रिया अगाडि बढन सकेको छैन्।

सचिवालयमा स्कुल विभाग पूर्व एमाले या पूर्व माओवादीले लिने भन्ने विवाद चर्किएको छ भने स्थानीय तहमा नेतृत्व लिने विषयमा पनि नेकपाभित्र हानाथाप बढ्दै गएको छ। विभागहरुको जिम्मेवारी बाँडफाँड र नेतृत्वमा मोटामोटी सहमति जुटे पनि स्कुल विभागमा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलबीचको विवादको कारण आधा महिनादेखि सचिवालय बैठक नै बस्न सकेको छैन।

पार्टी एकताको कामले पूर्णता नपाउँदा नेता कार्यकर्ता फुर्सदिला भएका कारण पनि नेता कार्यकर्ता आरोप प्रत्यारोपमा उत्रिका हुन्। पार्टी एकताको काम करिव करिव टुंगोमा पुगेपनि अझैसम्म स्थानीय तहको एकता प्रक्रिया अगाडि बढन सकेको छैन्।

स्कुल विभाग प्रमुख कसलाई बनाउने भन्ने विवाद बढ्दै गएपछि सचिवालय बैठकसमेत बस्न सकेको छैन। पूर्व सहमति अनुसार पूर्व एमालेको भागमा परेको स्कुल विभागको प्रमुख सचिवालय सदस्य ईश्वर पोखरेललाई बनाउने तयारी भएपछि पूर्व माओवादीले त्यसको विरोध गर्दै आएको छ। ईश्वर पोखरेल पार्टीको कार्यादिशा जनताको बहुदलीय जनवाद हुनुपर्ने बताउने नेता हुन्। त्यही कारण पूर्व माओवादीले पोखरेललाई स्कुल विभागको प्रमुखमा स्वीकार नगर्ने अडान राखेको छ।

पूर्व माओवादीले पोखरेललाई स्कुल विभागको प्रमुखमा स्वीकार नगर्ने अडान राखेपछि पूर्व एमालेले पनि पछिल्लो समय प्रचण्डका अभिव्यक्तिलाई दिएर विरोध जनाउने गरेका छन्। प्रचण्डको सबैभन्दा धेरै विरोध गर्नेमा केन्द्रीय सदस्य सुर्य थापा छन्।

प्रचण्डले गत शुक्रबार एक सार्वजनिक कार्यक्रममा जनयुद्धका क्रममा पनि आफूले कसैमाथि लपेटा नहानेको र कसैको लपेटा पनि नखाएको बताएपछि केन्द्रीय सदस्य सुर्य थापाले प्रचण्डलाई सामाजिक संजालमार्फत ब्यंग गर्न भ्याए। थापाले प्रचण्डलाई ब्यंग गरेपछि पूर्व माओवादी पक्षधर केन्द्रीय सदस्य एवं युवा संगठनका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’बीच सामाजिक सञ्जालमै जुहारी चल्यो।

केन्द्रीय सदस्य सूर्य थापाले शुक्रबारको भाषणलाई लिएर शनिबार सामाजिक सञ्जाल फेसबुकमा प्रचण्ड अभिव्यक्तिको कडा आलोचना गरे। उनले जनयुद्धको नेतृत्व र निर्देशन आफ्नो र मरेकाहरु आफ्नै कारणले मरे भन्ने भन्दै प्रचण्डमाथि व्यंग्य गरेका छन्।

‘आफ्नो ६५ बर्ष लामो महान जीवनकालभर कसैको एक लपेटा खाएको र कसैलाई एक लपेटा खुवाएको छैन। महान् जनयुद्धको आदेश, निर्देश र नेतृत्वचाहिँ मेरै हो! जे जति मारिए, ती सबका सब केवल आफ्नो कारणले नै मरे र मारिएको तथ्य हो’, उनले फेसबुक स्टाटसमा लेखेका छन्, ‘म त महान जनयुद्धको नेतृत्व गरिरहेको त्यसबेला पनि शान्तिको पक्षधर नै थिएँ भित्रभित्रै १ मने, बुझिदिनेहरूले सही बात बुझ्नुपर्छ। हिजोको महान र हाल परित्याग गरिसकेको जनयुद्धमा मार्ने र मर्ने महान कार्यको दोषको भारी एक जना मनैदेखिको शान्तिकामीका हैसियतमा सुप्रिम कमाण्डरले मात्र बोक्न कसरी संभव हुन्छ? विगतसककग क्रमभंग गर्दै हामीहरू यहाँसम्म आइपुगेको त बिर्सन मिल्दैन नि! आजको क्रान्तिकारी तरंग र मनोदशा!!!’

नेता थापाको यो स्टाटस आएलगत्तै पूर्वमाओवादी पक्षधर केन्द्रीय सदस्य एवं युवा संगठनका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले आफ्नो व्यक्तिगत विचार भन्दै सामाजिक सञ्जालबाटै सूर्य थापालाई पार्टी छाड्न सुझाब दिएका छन्। उनले थापाले पार्टीको अनुशासन, आत्मानुशासन नमानेको र पार्टीको विधि र प्रक्रियाभन्दा बाहिर गएर नेतृत्वको आलोचना गरेको बताएका छन्। उनले अध्यक्षमाथिको बारम्बार हुँदै आएको आक्रमण आफूहरुलाई सह्य नहुने चेतावनी दिएका छन्।

थापाको स्टाटसमाथि जवाफ दिँदै दीपशिखाले आइतबार बिहान सामाजिक सञ्जाल फेस ‘सूर्यजी, पार्टी केन्द्रीय सदस्य जस्तो जिम्मेवार व्यक्तिले आफ्नो अध्यक्ष प्रति बारम्बार गर्ने यस्तो आक्रमण अब सह्य हुँदैन। पार्टी अनुशासन, आत्मानुशास नमान्ने र काम नै पार्टी नेतृत्वको विरोध गर्ने बनाउने भए आफूले लिएको जिम्मेवारी त्याग गर्दा राम्रो हुन्छ। हामी तपाईंले जस्तै विषयलाई बङ्ग्याउन र हिजोको विगत भन्न नजानेर नबोलेको होइन्, पार्टी अनुशासन मानेर नबोलेको हो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *