रोकियो रेडक्रसको केन्द्रीय साधारणसभा

डिसी नेपाल
२८ साउन २०७६ २२:५२

काठमाडौं । आर्थिक अनियमिताको आरोप खेपिरहेको नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय साधारणसभा पुनः रोकिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले साधारणसभा नगर्न निर्देशन दिएपछि सभा रोकिएको सोसाइटीका केन्द्रीय सभासद ज्ञानशाली न्यौपानेले जानकारी दिए।

उनका अनुसार यसअघि गत वैशाख २२ मा धरानमा गर्न लागिएको केन्द्रीय साधारणसभा तथा महाधिवेशनसमेत रोकिएको थियो। उनका अनुसार यसपटक बाधा अड्काउ फुकाउन साभारणसभा मात्रै गर्न खाजिएको थियो।

काठमाडौँका सहायम प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेकाले मुद्दा नटुङ्गिँदासम्मका लागि साधारणसभा स्थगित गर्न निर्देशन दिएको जानकारी दिए।

रेडक्रसमा अनियमितता भएको भनेर अदालतमा मुद्दा चलिरहेको छ। आज सोसाइटीले पत्रकार सम्मेलन गरी साधारणसभा स्थगित गर्नुपर्दा मर्माहत हुन पुगेको जनाएको छ।

प्रशासन कार्यालयको पत्रानुसार कार्यक्रम स्थगित गरेर जवाफ समेत पठाइसकिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *