६ जना मृत अवस्थामा फेला

डिसी नेपाल
२९ साउन २०७६ ०:३१

काठमाडौं । छुट्टा छुट्टै ठाउँमा ६ जना मृत अवस्थामा फेला परेका छन्।

ललितपुरको ललितपुर महानगरपालिका –९ गुह्ये पोखरीमा बालकुमारी बस्ने उदयपुर कटारी घर भएका ३३ वर्षीय हरि खड्का मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन्।

यसैगरी ललितपुरको ललितपुर महानगरपालिका २५ नख्खुस्थित नख्खु खोला किनारामा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन्।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका–७ ब्यारेजपुलस्थित ३२ नम्बर ढोकामा हाल नाम, थर, वतन नखुलेकी करिब २० वर्षीया महिला मंगलबार बिहान मृत अवस्थामा फेला परेकी छन्।

गोरखा, गोरखा नगरपालिका–१० टक्सार बस्ने ५० वर्षीय श्यामहरी घिमिरे आफ्नै घर नजिकैको झाडीमा मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन्।

झापाको बिर्तामोड नगरपालिका–४ हर्कलाल मार्गमा बन्दै गरेको द्ववारीका होटलमा काम गर्ने सोही नगरपालिका–७ बस्ने ४८ वर्षीय शसी शिवाकोटी सोमबार साँझ मृत अवस्थामा फेला परेका छन्।

सोलुखुम्बुको माप्ये दुधकोशी गाउँपालिका–७ सिबुचेस्थित जंगलमा महाकुलुङ गाउँपालिका–१ बुङ बस्ने २० वर्षीय शुक्र कुमार राई सोमबार साँझ मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *