पाकिस्तानले मनायो ७३ औं स्वतन्त्रता दिवस

डिसी नेपाल
२९ साउन २०७६ ११:०७

काठमाडौं। पाकिस्तानले आफ्नो ७३ औं स्वतन्त्रता दिवस मनाएको छ।

स्वतन्त्रता दिवसको अवसरमा बुधबार नेपालस्थित पाकिस्तानी दुतावासले आफ्नो परिसरमा विशेष कार्यक्रमका बीच झण्डोत्तलन गर्दै दिवस मनाएको हो।

७३ बर्ष अगाडि तात्कालिन भारतबाट छुट्टिएको पाकिस्तानले हरेक बर्ष १४ अगस्टलाई आफ्नो स्वतन्त्रता दिवसको रुपमा मनाउँदै आएको छ।

दुताबासमा आयोजित कार्यक्रममा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तानी जनतामा सुख शान्ति र खुसीयाली बाँड्दै विश्वभरी बन्धुत्व र भाईचाराको कामना गरेका छन्।

प्रधानमन्त्रीको शुभकामना सन्देशमा राष्ट्रिय एकता र सर्वाभौमिकताका लागि सबै पाकिस्तानी जनता एक हुनुपर्ने उल्लेख छ। नेपाल सरकारले पनि पाकिस्तानको ७३ औं स्वतन्त्रता दिवसको अवसरमा पाकिस्तान सरकारलाई शुभकामना व्यक्त गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *