पूर्वमन्त्री ढकालद्वारा प्रजातन्त्रवादी नेत्री आङ सान सु कीसँग भेट
म्यानमार। नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्री एकनाथ ढकालले म्यानमारकी प्रजातन्त्रबादी नेतृ तथा नोबेल शान्ति पुरस्कार बिजेता आङ सान सू कीसँग भेट गरेका छन्।
म्यानमार सरकारकी कार्यकारी प्रमुख (स्टेट काउन्सिलर ) समेत रहेकी नेत्री सु की लाई उनकै कार्लालायमा भेटी गत मङ्सिर १४ देखि १७ सम्म काठमाडौँमा आयोजित एशिया प्याशिफिक समिटको उपलब्धिको बारेमा छलफल भएको ढकालको सचिवालयले जनाएको छ।
भेटमा नेतृ सुकीले म्यान्मारको शान्ति प्रकृयाको बारेमा जानकारी गराउनुका साथै विश्व शान्ति र मानव कल्याणको खातिर सबै एकजुट भएर अघि बढ्नु पर्ने धारणा राखेकी थिइन्।
नेतृ सू कीले नेपालमा आयोजित एशिया प्याशिफिक समिटमा सहभागी हुने अवसरको लागि आभार ब्यक्त गर्दै समिटले विश्व शान्ति र भातृत्व बिकासको सकारात्मक संदेश दिन सफल रहेको धारणा राखिन्।
इन्टरनेशनल एशोशियसन अफ पार्लियामेनटरियन फर पिस (आइएपिपि) एशिया प्रशान्त क्षेत्रको अध्यक्ष समेत रहेका ढकाल विश्वका विभन्न राजनेताहरुसँग निरन्तर भेटघाट तथा सम्बादमा छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment