आज जनैपूर्णिमा: यी प्रदेश र तहमा सार्बजनिक बिदा

डिसी नेपाल
३० साउन २०७६ ७:०५

काठमाडौँ । आज जनैपूर्णिमा पर्वको अवसरमा संघीय सरकारले सार्बजनिक बिदा नदिएपनि ३ प्रदेश, काभ्रे र सिन्धुपाल्चोकसहित अन्य जिल्लाका केही स्थानीय तहले सार्बजनिक बिदा दिएका छन् ।

जनैपूर्णिमाका अवसरमा प्रदेश १, प्रदेश २ र सुदुरपश्चिम प्रदेश सरकारले सार्बजनिक बिदा दिएका छन् भने सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका, हेलम्बु गाउँपालिका, बाह्रबिसे नगरपालिका र काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाले सार्बजनिक बिदा दिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना प्रकाशित गर्दै जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व मनाउन प्रदेशका सम्पूर्ण सरकारी कार्यालय एवं सार्वजनिक निकायमा बिदा दिइने जनाइएको छ ।

यसअघि साउन ८ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार, भदौ १५ गते पर्ने थारु समुदायको ‘अटबारी पर्व’ पुस १० गते अछाम र बाजुरा जिल्लामा मनाइने ‘भुवा पर्व’ र माघ १ गते (माघे सङ्क्रान्ति) मा सार्वजनिक बिदा दिएको थियो । प्रदेश १ र प्रदेश २ सरकारले भने यसअघि नै जनैपूर्णिमका अवसरमा सार्बजनिक बिदा दिने निर्णय गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *