सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किए, एक विदेशी नागरिकको मृत्यु, एक घाइते
काठमाडौं । सोलुखुम्बुमा दुईवटा हेलिकोप्टर एकआपसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको हो । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार फिस्टेल र डायनेस्टी एयरका हेलिकोप्टर सोलुखुम्बुको फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा ठोक्किएका हुन् ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले हेलिप्याडमा अवतरणका क्रममा दुवै हेलिकोप्टरका पंखा एकआपसमा ठोक्किएको जानकारी आएको बताए ।
घटनाबारे थप विवरण संकलन भइरहेको प्राधिकरणले जनाएको छ । दुर्घटनाको कारण र क्षतिको थप विवरण आउन बाँकी छ ।

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment