नरेन्द्र मोदीको नामै लिएर इमरान खानले भने–ईँटाको जवाफ ढुंगाले दिन्छौं

डिसी नेपाल
३० साउन २०७६ ८:०५

बीबीसी। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तान प्रशासित कश्मिरका एसेम्बलीको विशेष सत्रलाई सम्वोध गर्दै जम्मू कश्रिममा धारा ३७० खारेज गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो अन्तिम कार्ड प्रयोग गरेको आरोप लगाएका छन्।

उनले भारत अब पाकिस्तान प्रशासित कश्मिरमा केही गर्न तयारी गरिरहेको र युद्ध भयो भने त्यसका लागि पाकिस्तान पूर्ण रुपमा तयार रहेको बताएका छन्। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम नै लिएर भने–तपाइँको इँटाको जवाफ ढुंगाले दिन्छौं।’

उनले अगाडि भने–नरेन्द्र मोदीले अन्तिम कार्ड खेलेका छन्। यसपछि कश्मिर स्वतन्त्रता तर्फ अगाडि बढ्छ।’ पाकिस्तानी प्रधानमन्त्री खानले आफ्नो भाषणाका क्रममा कयौं पटक राष्ट्रिय स्वयं सेवक संघ आरएसएसका नाम लिए र, भने–भारतमा जे भइरहेको छ, त्यो आरएसएसको विचारधाराका कारण नै भइरहेको छ।’ उनले आरएसएसको विचारधारालाई हिटलरको नाजी पार्टीको जस्तै भएको उल्लेख गरे।

यो पटक पाकिस्तान आफ्नो स्वतन्ता दिवस १५अगस्तलाई ‘कश्मिर एकजुटता दिवस’ को रुपमा मनाएको छ। पाकिस्तानले यो कदम भारतकातर्फ बाट जम्मू कश्रिमा राज्यलाई दिइँदै आएको विशेष राज्यको मान्यता खारेज गरेपछि त्यसको विरोधमा उठाएको हो।

बुधबार पाकिस्तानका प्रधानमन्त्री इमरान खान पाकिस्तान प्रशासित कश्मिरको राजधानी मुजफ्फराबाद पुगेका थिए। पाकिस्तान प्रशासित कश्मिरका राष्ट्रपति सरदार मसुद खान र प्रधानमन्त्री राजा फारुक हैदरले प्रधानमन्त्री खानको स्वागत गरेका थिए। उनलाई आर्ड अफ अनर पनि दिइएको थियो।

इमरान खानले पाकिस्तान प्रशासित कश्मिरको संसदलाई सम्वोधन गर्दै भने–जो आरएसएसका विचारधारा छ, जसको नरेन्द्र मोदी बाल्यकालदेखि सदस्य छन्। यो आरएसएसले आफ्नो प्रेरणा हिटलरको नाजी पार्टीबाट लिएको थियो।’

उनले अगाडि भने–के नसोच्नुस भने कश्रिमा तपाइँले कुनै कानुन पारित गर्नु भयो भने यहाँका मानिस हात उठाएर बस्दैनन्। कश्मिरका जनता आजित भइसकेका छन्। मृत्युका डर समाप्त भइसकेको छ। नरेन्द्र मोदी कश्मिरलाई गुलाम बनाउन सक्नुहुन्न। तपाइँको ईँटाको जवाफ ढुंगाले दिन समय आइसकेको छ। हामी तपाइँलाई पाठ सिकाउँछौं।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *