सुरक्षा परिषदको बैठकपछि भारत–पाकिस्तान–चीनको प्रतिक्रिया : सबैका आ-आफ्नै अडान

डिसी नेपाल
३१ साउन २०७६ २३:००

काठमाडौं (एजेन्सी) । भारत र पाकिस्तानबीच लामो समयदेखि विवादित रहेको जम्मू कश्मीर मामिलामा शुक्रबार सँयुक्त राष्ट्र संघको सुरक्षा परिषद बैठकमा महत्वपूर्ण छलफल भएको ।

राष्ट्र संघ सुरक्षा परिषद्को मुख्यालय अमेरिकाको न्यूयोर्कमा शुक्रबार अबेर छलफल भएको हो। छलफलमा भएका कुरा भने सार्वजनिक गरिएका छैन। बैठकमा कुन देशले के भन्यो भन्ने विषयमा पनि जानकारी दिइएको छैन। तर, बैठकपछि राष्ट्र संघका भारत, पाकिस्तान र चीनका राजदूतहरुले न्यूर्योकमा पत्रकारहरुसँग कुरा गरेको बीबीसीसले जनाएको छ।

बीबीसीका अनुसार सुरक्षा परिषदको बैठकपछि प्रतिक्रिया दिँदै पाकिस्तानी राजदूत मलीहा लोधीले कश्मीर मामिला अन्तर्राष्ट्रियकरण भएको दावी गरिन्। उनले कश्मीरमा भारतले गरेको मानवअधिकार उल्लंघनबारे संसारले थाहा पाएकोसमेत बताइन्। उनले दशकौंपछि सुरक्षा परिषदमा कश्मीर मामिलामा छलफल भएको बताइन्।

यस्तै भारतीय राजदूत सैयद अकबरुद्दीनले कश्मीर आन्तरिक मामिला भएकाले अन्य देशले यसबारे नबोल्दा राम्रो हुने बताए। उनले विकासका लागि धारा ३७० खारेज गरिएकोसमेत दावी गरे। उनले जम्मू कश्मीरमा जारी कर्फ्यू हटाइनेसमेत जानकारी दिए।

उता चीनका राजदूतले कश्मीर मामिला सुरक्षा परिषदको प्रस्तावअनुसार समधान हुनुपर्ने बताए। उनले लद्दाखबारे गरेको निर्णय चीनको संप्रभुताको उल्लंघन भएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *