साउदी अरेबियाले हज यात्राको नियम कडा बनायो, उल्लंघन गरे भारी जरिवाना

डिसी नेपाल
२७ वैशाख २०८१ १३:२७

काठमाडौं । साउदी अरेबियाको आन्तरिक मन्त्रालयले जुन २ बाट सुरु हुन लागेको हज यात्रालाई लिएर चेतावनी दिएको छ ।

गृहमन्त्रालयले हजयात्राका क्रममा तोकेको नियम र निर्देशिका उल्लङ्घन गर्नेलाई जरिवाना गरिने जनाएको छ । यो जरिवाना १० हजार रियाल (करिब साढे ३ लाख रुपैयाँ) हुन सक्छ ।

गृहमन्त्रालयका अनुसार अनुमतिबिना हज गर्नु गैरकानुनी मानिने र हजयात्रीलाई स्वदेश फिर्ता पठाइनेछ ।

नियम उल्लङ्घन गरेमा निश्चित अवधिका लागि साउदी अरेबिया प्रवेशमा प्रतिबन्ध लगाइनेछ।

सुरक्षालाई ध्यानमा राखेर यस्तो कदम चालिएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले पवित्र स्थल, मक्का र सुरक्षा नियन्त्रण क्षेत्रमा अनुमतिबिना प्रवेशमा रोक लगाउने जनाएको छ ।

यो निर्णय जुन २ देखि जुन २० सम्म लागू हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *