बरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन

डिसी नेपाल
३२ साउन २०७६ ११:३३

काठमाडौं। थुप्रै नेपाली चलचित्रमा अभिनय गरेकी वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन भएको छ । ७३ वर्षीया अधिकारीको शनिबार बिहान ८ बजेतिर आफ्नो निवास डल्लुमा निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए । उनी लामो समयदेखी दमको रोगी थिइन् ।

विक्रम सम्वत् २००३ सालमा काठमाडौँको असनमा जन्मेकी अधिकारीले कलाकारितामा नै आफ्नो जीवन अर्पण गरेकी थिइन् । उनले पाँच वर्षको उमेरमै सरस्वती सदन (क्याम्पस) मा शास्त्रीय नृत्य गरेकी थिइन् । ६ वर्षको उमेरमा नेवारी नाटक ‘कचिमचा’ (काँचो माटो) बाट उनको अभिनय यात्रा सुरु भएको थियो ।

उनका श्रीमान् नाट्य कलाकार कृष्ण अधिकारीको यसअघि नै निधन भइसकेको छ । अधिकारीको आजै पशुपति आर्यघाटमा दाहसंस्कार हुने बताइएको छ । उनको श्रद्धाञ्जली तथा अन्त्येष्टी आज १ बजेदेखि ३ बजेसम्म पशुपति आर्यघाटमा हुने भएकोले सबैलाई उपस्थितिको लागि नेपाल चलचित्र कलाकार संघले आह्वान गरेको छ ।




प्रतिक्रिया

One thought on “बरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन

Leave a Reply to Stevlafe Cancel reply

Your email address will not be published. Required fields are marked *