बरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन
काठमाडौं। थुप्रै नेपाली चलचित्रमा अभिनय गरेकी वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन भएको छ । ७३ वर्षीया अधिकारीको शनिबार बिहान ८ बजेतिर आफ्नो निवास डल्लुमा निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए । उनी लामो समयदेखी दमको रोगी थिइन् ।
विक्रम सम्वत् २००३ सालमा काठमाडौँको असनमा जन्मेकी अधिकारीले कलाकारितामा नै आफ्नो जीवन अर्पण गरेकी थिइन् । उनले पाँच वर्षको उमेरमै सरस्वती सदन (क्याम्पस) मा शास्त्रीय नृत्य गरेकी थिइन् । ६ वर्षको उमेरमा नेवारी नाटक ‘कचिमचा’ (काँचो माटो) बाट उनको अभिनय यात्रा सुरु भएको थियो ।
उनका श्रीमान् नाट्य कलाकार कृष्ण अधिकारीको यसअघि नै निधन भइसकेको छ । अधिकारीको आजै पशुपति आर्यघाटमा दाहसंस्कार हुने बताइएको छ । उनको श्रद्धाञ्जली तथा अन्त्येष्टी आज १ बजेदेखि ३ बजेसम्म पशुपति आर्यघाटमा हुने भएकोले सबैलाई उपस्थितिको लागि नेपाल चलचित्र कलाकार संघले आह्वान गरेको छ ।
No ads found for this position


डिसी नेपाल
Buy Priligy From Canada Chinese Replica Viagra 100 Mg 312 Global Pharmacy Canada viagra online prescription Amoxicillin Light Headed Fever While On Amoxil Cheap Female Viagra Pills