चितवनमा रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप, प्रहरी भ्यान तोडफोड

डिसी नेपाल
३२ साउन २०७६ १३:२९

चितवन। पक्राउ परी अनुसन्धानका क्रममा रहेका कार्यक्रम प्रस्तोता रवि लामिछाने र प्रहरीबीच चितवनमा झडप भएको छ । रवि लामिछानेका समर्थकहरुले प्रहरीको गाडी तोडफोड गरेपछि झडप भएको हो । प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी भ्यान तोडफोड गरेपछि केहीबेर झडप भएको हो ।

प्रहरी भ्यानको अगाडिको सिसा फुटाइएको प्रहरीले जनाएको छ। झडपका क्रममा प्रहरीले ३ सेल अश्रुग्यास प्रहार गरेको प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले बताए। प्रदर्शनकारीले गुडिरहेको प्रहरी भ्यानलाई एक्कासि आक्रमण गरेको प्रहरीले जनाएको छ। झडपका क्रममा प्रहरीले लाठीचार्ज गरेको छ।

प्रदर्शनका बीच अहिलेको अवस्थाबारेमा केहीले चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लसँग छलफल गरिरहेका छन्। अहिले अवस्था सामान्य भएको छ। पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको विषयमा अनुसन्धान गर्न भन्दै पत्रकार लामिछाने सहित तीनजनालाई जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *