हिरासतभित्रबाटै रवि लामिछानेले पठाए यस्तो सन्देश !

डिसी नेपाल
३२ साउन २०७६ १६:३९

काठमाडौं। आत्महत्या दुरुत्साहन अभियोगमा अनुसन्धानका क्रममा न्यायिक हिरासतमा रहेका कार्यक्रम प्रस्तोता रवि लामिछानेले हिरासतभित्रबाटै आफू निष्पक्ष छानबिनमा सहयोग गर्न तयार रहेको सन्देश पठाएका छन् । आज आफूलाई भेट्न पुगेका नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुमार्फत उनले यस्तो सन्देश पठाएका हुन् ।

रविलाई भेटेपछि नेता बडुले पनि चितवनका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकलाई भेटेर घटनाको निष्पक्ष छानविन गर्न आग्रह गरेका छन् । कुनै पूर्वाग्रह नराखी अनुसन्धान गर्न आफूले आग्रह गरेको उनको भनाइ छ । आफूसँगको भेटमा लामिछानेले निष्पक्ष छानविनमा सघाउन आफू तयार रहेको बताएको बडुले जानकारी दिए ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानका लागि भन्दै प्रहरीले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ गरेको थियो । शुक्रवार अदालत पेश गरिएका उनीहरुलाई अदालतले थप अनुसन्धानका लागि भन्दै प्रहरीलाई पाँच दिनको समय दिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *