अरुण जेट्लीको उपचार भइरहेको भारतको एम्स अस्पतालमा आगलागी

डिसी नेपाल
३२ साउन २०७६ १८:४३

नयाँ दिल्ली (एजेन्सी) । भारतको राजधानी दिल्लीस्थित चर्चित अस्पताल एम्समा शनिबार दिउँसो आगलागी भएको छ। विद्युत शर्ट सर्किटका कारण आगलागी भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। समाचारअनुसार आगो अस्पतालको दोस्रो र पहिलो तल्लामा लागेको छ।

एम्सको टीचिंग ब्लकमा आगो लागेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। आगलागी भएपछि फायर ब्रिगेडको टिम त्यहाँ आएको र आगो नियन्त्रणमा लिने प्रयास भइरहेको जनाइएको छ। फायर डिपार्टमेन्टका ३४ वटा दमकलहरुले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।

आगलागीपछि अस्पतालको आपतकाली विभाग बन्द गरिएको छ। समाचार अनुसार दोस्रो तल्लाको पीसी ब्लकमा शुरुमा आगो लागेको थियो। एम्स भारतको प्रमुख चिकित्सा संस्थान मध्येको एक हो।

हाल सो अस्पतालमा भारतका पूर्व मन्त्री अरुण जेटलीको पनि उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था नाजुक रहेकाले प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति रामनाथ कोविदलगायत उच्च नेताहरु एम्स पुगेका थिए । यस्तो अवस्थामा आगलागी हुनु त्यहाँको प्रशासनको जिकै कमजोरी मानिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *