डोनाल्ड ट्रम्प पहिलो पटक अदालतमा पोर्नस्टार स्टर्मी डेनियलसँग आमनेसामने भएपछि…
काठमाडौं । पूर्व वयस्क स्टार स्टर्मी डेनियल र अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको म्यानहट्टन अदालतमा पहिलो पटक आमनेसामने भएका छन् ।
ट्रम्पमाथि सन् २०१६ को राष्ट्रपतीय चुनावअघि चुपचाप बस्न स्टर्मी डेनियललाई १३ लाख डलर गैरकानूनी रूपमा तिरेको आरोप छ, जसको सुनुवाइ अदालतमा चलिरहेको छ।
डोनाल्ड ट्रम्पलाई चिनाउन नभनेसम्म स्टर्मीले लगभग पूरा दिन पूर्व राष्ट्रपतिलाई ध्यान दिइनन्।
स्टर्मीले अदालतमा पूर्वराष्ट्रपतिले आफूसँग यौन सम्बन्ध राखेको दाबी गरेकी थिइन् । तर, ट्रम्पले यी आरोपको खण्डन गर्दै आएका छन् ।
ट्रम्पले आफ्ना पूर्व वकिल माइकल कोहेनले स्टर्मीलाई मौन बस्नका लागि पैसा दिएको स्वीकार गरेका छन् ।
स्टर्मीले ट्रम्पसँगको भेटको बारेमा यति विस्तृत जानकारी दिएकी थिइन् कि न्यायाधीशले भने- ‘केही कुरा नभनी छोड्नु राम्रो हो।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment