एस्ट्राजेनेकाले बजारबाट कोभिड भ्याक्सिन फिर्ता लिने
काठमाडौं । साइड इफेक्टको बारेमा उठेका प्रश्नहरू बीच एस्ट्राजेनेका कम्पनीले आफ्नो कोभिड-१९ खोप बजारबाट फिर्ता लिने निर्णय गरेको छ। कम्पनीले युरोपबाट भ्याक्सजाभेरिया (कोविड भ्याक्सिन) खोप फिर्ता गर्ने प्रक्रिया अगाडि बढाउने बताएको छ ।
तर, एस्ट्राजेनेकाले खोप फिर्ता लिनुमा फरक कारण दिएको छ । महामारीपछि जसरी कोभिड भ्याक्सिन आपूर्ति गरिएको थियो, बजारमा आवश्यकताभन्दा धेरै खोप रहेको कम्पनीले जनाएको छ । त्यसैले कम्पनीले खोप फिर्ता लिने निर्णय गरेको छ।
कोभिड–१९ को धेरै प्रकारका खोप बजारमा आएको र त्यसयता एस्ट्राजेनेका भ्याक्सिनको माग घटेको कम्पनीले जनाएको छ । यसको उत्पादन र निर्यात पहिले नै रोकिएको छ। मिडिया रिपोर्टका अनुसार कम्पनीले खोप फिर्ता लिन मार्च ५ मा आवेदन दिएको थियो । यो ७ मे मा प्रकाशमा आएको थियो।
भर्खरै, एङ्ग्लो-स्वीडिश औषधि निर्माताले ब्रिटिश उच्च अदालतमा पहिलो पटक आफ्नो कोरोना खोपले रगत जम्ने र कम प्लेटलेटहरू जस्ता साइड इफेक्टहरू हुन सक्ने स्वीकार गरेको छ। थ्रोम्बोसाइटोपेनिया सिन्ड्रोमका कारण शरीरमा रगत जम्न थाल्छ वा शरीरमा प्लेटलेट्स छिट्टै कम हुन थाल्छ। शरीरमा रगत जम्ने भएकाले ब्रेन स्ट्रोकको जोखिम पनि बढ्छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment