चाडमा सङ्कटकालको घोषणा

डिसी नेपाल
२ भदौ २०७६ ६:०१

चाड । चाडका राष्ट्रपति इद्रिस डेबीले देशको पूर्वी क्षेत्रमा रहेका दुई प्रदेशमा सङकटकालको घोषणा गरेका छन् । अन्तरजातीय भिडन्त भएर हिंसात्मक घटना थप बढ्दै जाने भएपछि आइतबार उहाँले सङ्कटकालको घोषणा गरेका हुन् ।

अहिले सङ्कटकाल घोषणा गरिएको क्षेत्रमा भएको भिडन्तमा परी यही महिनाको झण्डै दश दिनमा चार दर्जन भन्दा बढीको मृत्यु भइसकेको छ।

राष्ट्रपतिले घोषणा गरेको सङ्कटकाल तीन महिनाका लागि हो । अधिकारीहरुले दिएको जानकारी अनुसार सङ्कटकाल लागु गरिएको क्षेत्र सिला र औड्डाइमा यही अगस्ट ९ देखि अहिलेसम्ममा ५० जनाको मृत्यु भएको छ।

आन्तरिक द्वन्द्व भएको ठाउँमा पशु गोठाला र आदिवासी कृषकहरुबीचमा झडप हुने गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *