नेकपाभित्र माधव नेपाल फेरि ‘कर्नर’ मा

डिसी नेपाल
२ भदौ २०७६ ८:१९

काठमाडौं। पछिल्लो समय नेकपाभित्र शक्तिशाली बन्दै गएका नेता माधव नेपाल फेरि एक पटक कर्नरमा परेका छन्। अध्यक्षपछिको वरियतामा तेस्रो नम्बरमा रहेका नेता नेपाललाई चौथो नम्बरमा रहेका नेता झलनाथ खनालले पछि पारेका छन्। तत्कालनी एमाले र माओवादी केन्द्रबीच एकता हुँदा दुई अध्यक्षपछि तेस्रो वरियतामा वरिष्ठ नेताको हैसियतमा माधव नेपाल थिए।

खनालले आफ्नो वरिष्ठता पद खोसेको भन्दै बारम्बार आपत्ति जनाउँदै आएका थिए। आइतबार बसेको नेकपा सचिवालय बैठकले दुई अध्यक्षपछिको वरीयतामा नेता झलनाथ खनाललाई पहिलो र दोस्रोमा माधवकुमार नेपाललाई राख्ने निर्णय गरेको छ। पूर्वप्रधानमन्त्री खनाल र नेपालबीचको वरिष्ठ भन्ने विवाद नेकपा गठन भएदेखि नै रहँदै आएको थियो। दुवै नेताले वरीयतामा आफू अगाडि हुनुपर्ने दाबी गर्दै आइरहेका थिए।

आफ्नो वरिष्ठता पद खोजिएपछि नेता नेपाल असन्तुष्ट बनेका छन्। नेकपाको सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले खनाललाई नेपालभन्दा अघिल्लो वरीयतामा राख्न प्रस्ताव गरेका थिए। बैठकमा ओलीको प्रस्तावमा नेपालले आपत्ति जनाएका थिए।

उनले पार्टी एकता पछि नेतृत्वले सबैलाई समेट्नुपर्नेमा त्यसो गर्न नसकेको प्रतिक्रिया दिएका छन्। दुई दलबीच एकता भएको करिव डेढ वर्षपछि तेस्रो वरियतामा रहेका नेता नेपाललाई चौथो वरियतामा पुर्याइएको छ। नेकपाको आन्तरिक समिकरणमा आएको फेरबदलसँगै वरिष्ठ नेता नेपालको वरियता घटुवामा परेको हो।

पछिल्लो समय नेकपाभित्र शक्तिशाली बन्दै गएका नेता माधव नेपाल फेरि एक पटक कर्नरमा परेका छन्। अध्यक्षपछिको वरियतामा तेस्रो नम्बरमा रहेका नेता नेपाललाई चौथो नम्बरमा रहेका नेता झलनाथ खनालले पछि पारेका छन्।

बामदेव गौतमलाई उपाध्यक्ष बनाइने भएपछि नेकपा भित्रको आन्तरिक समिकरणमा फेरबदर आएको छ। केही अगाडि सम्म नेपाल कित्तामा रहेका गौतम संगठन विभागको प्रमुख र उपाध्यक्ष बन्ने निश्चित भएसँगै ओली खेमा नजिक पुगेका छन्। वरिष्ठ नेता र तेस्रो वरियता पाएसँगै खनाल पनि ओली निकट बन्न पुगेका छन् भने प्रचण्डलाई पनि ओलीले पार्टी संचालन गर्न दिने भनेर आफ्नो पक्षमा पारेको नेकपा स्रोतले जनाएको छ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले केही दिन अगाडि प्रचण्डलाई आफूले सरकार सञ्चालन गर्ने भन्दै पार्टी संचालन गर्न दिने आश्वासन दिएका छन्। जसलाई प्रचण्डले सकारात्मक रुपमा लिएका छन्। प्रचण्डले सरकार र पार्टी फरक फरक व्यक्तिले चलाउनु पर्ने बताउँदै आएका थिए। यतिबेला ओलीले नेता नेपाल बाहेक सबैलाई आफ्नो पक्षमा पारेपछि नेता नेपाल कर्नरमा परेका छन्।

नेता नेपालले बामदेव गौतमलाई उपाध्यक्ष बनाएपछि नवौं महाधिवेशनअनुसार अघि बढ्ने भए सो महाधिवेशनबाट निर्वाचित पाँचमध्ये तीन उपाध्यक्षलाई पनि सचिवालयमा ल्याउनुपर्ने प्रस्ताव अघि सारेका थिए।

तत्कालीन एमालेका पाँच उपाध्यक्षमध्ये विद्यादेवी भण्डारी राष्ट्रपति छन्। वामदेव गौतमलाई उपाध्यक्ष बनाउने सहमति भइसकेको छ। बाँकी रहेका तीन जना उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावललाई पनि उपाध्यक्ष बनाउनु पर्ने नेता नेपालले अडान राखेका थिए।

गौतमलाई अघिल्लो सचिवालय बैठकले उपाध्यक्ष बनाउने निर्णय गरेको थियो । नेता नेपालले यी तीन नेतालाई ईश्वर पोखरेलको भन्दा माथिल्लो वरीयता दिनुपर्ने बताएका थिए। नवौं महाधिवेशनमा पोखरेल महासचिव निर्वाचित भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *