पुडासैनी प्रकरणमा निर्दोषलाई फसाउने र दोषीलाई छुटाउन खोजे दुर्घटना : नेता पौडेल

डिसी नेपाल
३ भदौ २०७६ ८:५३

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पुडासैनी प्रकरणको सत्यतथ्य छिटो सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

पौडेलले आफ्नो सामाजिक सञ्जाल टुइटर मार्फत आफ्नो धारणा राख्दै लेखेका छन्, घटनामा संलग्न जो कोहीलाई पनि कडा कारबाही होस् तर विभिन्न षडयन्त्र बुनेर निर्दोषलाई फँसाउन यो घटनाको प्रयोग भयो भने त्यसले ठूलो दुर्घटना निम्त्याउने छ ।

घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै ट्विट गरेका छन्। नेता पौडेलले लेखेका छन्, “पुडासैनी प्रकरणको सत्यतथ्य छिटो सार्वजनिक होस्।घटनामा संलग्न जो कोहीलाई पनि कडा कारबाही होस् तर विभिन्न षडयन्त्र बुनेर निर्दोषलाई फसाउन यो घटनाको प्रयोग भयो भने त्यसले ठूलो दुर्घटना निम्त्याउने छ। कसैले पनि आफूप्रति विश्वास कायम राख्न नसकेका कारण शङ्काको घेरा बढेको छ। यो घटनाले सरकारी संयन्त्रप्रति थप अविश्वास बढ्ने स्थिति नबनोस्।”

पुडासैनी आत्माहत्या प्रकरणमा पक्राउ परेका रवी लामिछानेसहित ३ जनालाई आज अदालत पेस गरिँदै छ । यसअघि अदालतले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *