एनआरएनए कतारबाट आईसीसी सदस्यमा बुधबल गुरुङको चर्चा

डिसी नेपाल
३ भदौ २०७६ १२:४४

दोहा । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए/एनसीसी) कतारको आठौँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा आईसीसी सदस्यमा उम्मेदवारी दिएका बुधबल गुरुङको चर्चा चुलिएको छ। गुरुङ एनसीसीको कतारको वर्तमान कार्यसमितिमा महासचिवको जिम्मेवारीमा छन्।

विगत लामो समयदेखि कतारलाई कर्मथलो बनाएका गुरुङ २००९ देखि एनआरएनए अभियानमा क्रियाशील छन् ।  २०१५–०१७ कार्यकालमा लेखा समितिको संयोजोक हुँदै २०१७–०१९ कार्यकालदेखि उनले महासचिवको जिम्मेवारी सम्हाल्दै आएका हुन्।

उम्मेदवारी दिएसँगै गुरुङले आफ्ना एजेण्डा पनि अघि सारेका छन् । श्रमिक मैत्री एनआरएनएको पक्षमा उभ्याउँदै मध्यपूर्वमा कार्यरत श्रमिकहरूको हक हितको लागि काम गर्ने, एनसीसी कतारको बृहत्तर हितका लागि आईसीसीसँग समन्वय गर्ने, समृद्ध समाज स्थापना गर्ने अभियानलाई सार्थकता दिन विशेष पहल गर्नै, वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन पहल गर्ने जस्ता कार्ययोजना उनले अघि सारेका छन्।

त्यस्तै विदेशमा नेपालीले कमाएको पैसालाई वैधानिक रुपमा स्वदेश पठाउने सरकारी योजनालाई प्रभावकारी ढङ्गले लागू गर्न पहल गर्नै, सामूहिक लगानीको अवधारणालाई समय सापेक्ष विस्तार गर्न आईसीसी मार्फत सम्बन्धित निकायमा पहल गर्नै, एनआरएनए स्थापनाकालको परिभाषा बमोजिम १ सय ८२ दिन भन्दाबढी नेपाल बाहिर बसेका नेपालीहरूलाई गैरआवासीय नेपालीको दायरामा समेट्न आईसीसीमाफर्त पहल गर्ने, कतारलगायत मध्यपूर्वी देशहरूमा रहेका नेपाली राजदूतावासले गर्ने कामहरूको उच्च निगरानी राखेर दूतावासको सेवालाई चुस्त राख्न पहल गर्ने, प्रवासमा नेपालको भाषा र संस्कृतिप्रति रुचि जगाउन पहल गर्ने, कतारमा  व्यवसाय गर्नै नेपाली व्यवसायीलाई सहयोग तथा प्रेरित गर्ने, कतारमा रहेको आप्रवासी तथा कतारी नागरिकहरूलाई नेपालको बारेमा जानकारी गराई नेपालको पर्यटनको विकासमा सहयोग गर्ने जस्ता कार्ययोजना गुरुङले आफ्नो चुनावी एजेण्डामा अघि सारेका छन्।

कतारमा रहेका अधिकांश संघसंस्था, सदस्य र अग्रजको साथ रहेकोले आफूलाई विजय प्राप्त हुनेमा ढुक्क रहेको गुरुङले दावी गर्दै आएका छन्।

एनआरएनए कतारका लागि तय गरिएको चुनावी क्यालेण्डर अनुसार आगामी अगष्ट २३ तारिखमा मतदान र अगष्ट ३० मा अधिवेशन सभा हुनेछ।कतारमा ४ हजार २ सय ९८ जना मतदाता रहेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *