सिंहदरवारमा सुसाइड नोट लेखेर नासुले गरे आत्महत्या, के छ सुसाइड नोटमा ?

डिसी नेपाल
३ भदौ २०७६ १७:०९

काठमाडौं। सिंहदरबारमा रहेको राष्ट्रिय योजना आयोगभित्र मृत अवस्थामा भेटिएको शवलाई पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ।

आयोगमा कार्यरत नायब सुब्बा बच्चुराम केसी विहान कार्यालय भित्रै मृत्त अवस्थामा भेटिएका हुन्।

प्रहरीका अनुसार उनले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ। अहिले सम्म भेटिएका तथ्यअनुसार उनको मृत्यु आत्महत्या रहेको जनाइएको छ। उनको साथबाट सुसाइड नोट समेत बरामद गरिएको प्रहरीले जनाएको छ। सुसाइड नोटमा नासु केसीले आफ्नै कारण आत्महत्या गरेको र यसमा कसैलाई पनि शंका नगर्न लेखिएको जनाइएको छ।

साथै उनको शव भेटिएको वरिपरी बालीनालीमा लगाइने विषादीको खोल र थुप्रै केराका बोक्राहरु भेटिएको प्रहरीले जानकारी दिएको छ। प्राप्त जानकारीअनुसार बच्चुराम केसी हिजो बेलुकीदेखि नै घर गएका थिएनन्।

उनी साँझ करिब ५ बजेको आसपासमा कार्यालयबाट निस्केको र राती पुनः १० बजेतिर कार्यालयमै फर्किएको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *