‘माना पाथी जोखे’ जस्तो पार्टीमा सन्तुलन मिल्दैन : ईश्वर पोखरेल

डिसी नेपाल
३ भदौ २०७६ १८:२१

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले ‘माना पाथी जोखे’ जस्तो पार्टीमा सन्तुलन नमिल्ने बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी क्षेत्र नम्बर ५ ले मंगलबार राजधानीको बसुन्धरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दे उपप्रधानमन्त्री पोख्रेलले पार्टी भित्रको जिम्मेवारी बाँडफाँडलाई तुलोमा जोख्न नमिल्ने बताएका हुन्। उनले नमिलेका विषयलाई प्रक्रियाबाट नै मिलाउदै जानुपर्ने बताए।

उनले भने, ‘प्रक्रियाबाट नमिलेका कुराहरु मिलाउदै जाने हो। एकैचोटी मानापाथी जोखे जस्तो सबै कुरा मिल्दैन पार्टीमा। एकदम ढ्याक्क ढ्याक्क कति किलो जस्तो हुदैन। यो जोखे जस्तो हुदैन। नमिलेका कुराहरु भोली व्यवहारमा मिलाउदै जाने हो।’

उनले दुई पार्टी मिलेर एउटै पार्टी बनेकाले अब नेतृत्वको निर्णयलाई स्वीकार गर्दै अघि बढ्न कार्यकर्तालाई निर्देशन दिए। उनले छिट्टै काठमाडौं जिल्ला कमिटीले पूर्णता पाउने विश्वास पनि दिलाए।

काठमाडौं अन्र्तगत १० वटै निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्रिय स्तरका कमिटीले पूर्णता पाएका छैनन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *