स्वास्थ्य सेवाका दुई समूहको समायोजन सूची सार्वजनिक

डिसी नेपाल
३ भदौ २०७६ २३:०४

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रेडियोग्राफर समूहका १३० र डार्करुम समूहका ४३ जना कर्मचारीको समायोजन सूची सार्वजनिक गरेको छ।

आज सार्वजनिक गरिएको समायोजन सूचीमा सातौँ तहका वरिष्ठ रोडियोग्राफर निरीक्षक, छैटौँ तहका रेडियोग्राफर निरीक्षक तथा पाँचौँ तहका रेडियोग्राफर रहेका छन्।

ती अधिकांश रेडियोग्राफरको समायोजन प्रदेश र सङ्घमा भएको छ भने केही रेडियोग्राफर स्थानीय तहमा पनि समायोजित भएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी मन्त्रालयले नै डार्करुम उपसमूहका समायोजित हुनेमा छैटौँ तहका डार्करुम असिस्टेन्ट, निरीक्षक छैटौँ तह, वरिष्ठ डार्करुम असिस्टेन्ट पाँचौँ तह र डार्करुम असिस्टेन्ट चौथो तहका कर्मचारी रहेका छन्।

सो उपसमूहका अधिकांश कर्मचारीको समायोजन प्रदेशअन्तर्गत भएको छ भने केही कर्मचारी मात्र सङ्घमा समायोजित भएको मन्त्रालयले जनाएको छ।

सातौँ तहका वरिष्ठ कविराज निरीक्षक, छैटौँ तहका आयुर्वेद निरीक्षक, पाँचौँ तहका कविराज सहायक उपसमूहका ३३५ कर्मचारीको समायोजन सूची पनि मन्त्रालयले सार्वजनिक गरेको छ। ती अधिकांश कर्मचारी स्थानीय तहमा समायोजित भएका छन्।

मन्त्रालयले स्वास्थ्य सेवाका विभिन्न समूह÷उपसमूहमा कार्यरत कर्मचारीहरुको समायोजन प्रक्रिया छिटोभन्दा छिटो सम्पन्न हुने र समायोजन भएको पत्र छिटो साधनद्वारा कर्मचारी कार्यरत रहेकै स्थानमा पुग्नेगरी पठाउने व्यवस्था मिलाएको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *