एनआरएनए फ्रान्सको नयाँ नेतृत्वमा नरेन्द्र शाही

डिसी नेपाल
४ भदौ २०७६ १०:१४

पेरिस । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) फ्रान्सको  जिम्मेवारी नरेन्द्र शाही ठकुरीको काँधमा परेको छ । संघको गत आइतबार सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनले ठकुरीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको हो।

ठकुरीले एनसीसी फ्रान्सको एक कार्यकाल कोषाध्यक्ष र दुई कार्यकाल महासचिवको जिम्मेवारीमा रहेर सक्रिय भूमिका निर्वाह गरेका थिए।

अधिवेशनबाट उपाध्यक्षहरूमा गीता थापा, अमर भण्डारी महासचिवमा मीन श्रेष्ठ, सचिवमा राजु खप्तडी, कोषाध्यक्षमा लाल बहादुर सोडारी, सहकोषाध्यक्षमा संगीता तिमिल्सिना निर्वाचित भएका छन् । त्यसै गरि महिला संयोजकमा मिली कोइराला, युवा प्रतिनिधिमा दिलिप गुरुङ र आईसीसी सदस्यमा पारु (पार्वती) मल्ललाई निर्वाचित गरेको छ।

सदस्यहरूमा कमल काफ्ले, अशोक कुँवर, सुर्य बहादुर क्षेत्री र उदय राज पाण्डे निर्वाचित भएका छन्।

आईसीसी पर्यवेक्षकको रुपमा एनआरएनए जर्मनीका भूपु अध्यक्ष नवराज रोस्याराको उपस्थिति रहेको उक्त महाधिवेशनमा निर्वाचन समितिका संयोजक किरण चन्द्र प्रधानले नवनिर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र प्रदान तथा सपथ ग्रहण गराएका थिए।

एक बहादुर मल्लको अध्यक्षतामा सम्पन्न महाधिवेशन कार्यक्रमको सञ्चालन नरेन्द्र शाही ठकुरीले गरेका थिए। ३७० जना पन्जीकृत सदस्यहरू रहेको एनसीसी फ्रान्सको निर्वाचनमा २ वटा प्यानलबीच प्रतिस्पर्धा भएको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *