समाजसेवी दयानिधि सापकोटाको एनआरएन आइसीसीमा उम्मेदवारी

डिसी नेपाल
४ भदौ २०७६ १०:३५

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय सदस्यमा वेलायतबाट दयानिधि सापकोटाले उम्मेदवारी दर्ता गराएका छन्। उनले एनआरएन युकेको कबिर २ हजार सदस्य रहेकोे मिडल्याण्ड क्षेत्रबाट प्रतिनिधित्व गर्दै उम्मेदवारी दर्ता गरेका हुन्।

बेलायतको वेष्ट मिडल्याण्डस क्षेत्रमा बसोबास गर्दै आएका दयानिधि सापकोटा लोकप्रिय समाजसेवी मानिन्छन्। आउँदो १४ सेप्टेम्वरमा हुने एनआरएनए यूकेको निर्वाचनमा ७ आइसीसी सदस्यको लागि १४ जनाको उम्मेदवारी परेको छ।

गैर-आवासीय नेपाली संघको केन्द्रीय च्यारीटी कार्यदलको सदस्य समेत रहेर काम गरेका सापकोटाले वेलायतमा ४ राज्यसमिति बनाउन चर्को आवाज उठाएर चर्चामा आएका थिए।  सापकोटा विधान र नियम कानून बमोजिम संस्था चल्नु पर्छ भन्ने मान्यतामा विश्वास राख्छन्।

मिडल्याण्डस्थित नेपाली समाजलाई एकताबद्ध बनाएर चुनावी माहोल बनाए पछि समाजमा समेत उनकै चर्चा हुने गरेको छ। सापकोटा आर्थिक, वौद्धिक र तार्किक रुपमा पनि निपुण छन्। स्पष्ट र तार्किक टिप्पणी गर्न सक्ने उनको खुबीले पनि मिडल्याण्ड क्षेत्र पकडमा राख्न सकेको कतिपयको विश्लेषण छ।

स्थानीय सिर्जनशील नेपाली समाज लेस्टरको चारवर्षसम्म अध्यक्षको जिम्मा सम्हालेका सापकोटाले थुप्रै परोपकारी काम गरेका छन्। उनले बाग्लुङको अमर उच्च माध्यमिक विद्यालयमा कक्षाकोठाको निर्माण गर्नुकासाथै गरीब तथा जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृत्तिको व्यवस्था पनि गरिदिएका छन्।

सन् २००६ देखि बेलायतमा बसोबास गर्दै आएका उनी पेशाले रेष्टुरेन्ट व्यवसायी हुन्। गैरआवासीय नेपाली संघ युके, साझा नेपाली समाज वेष्टमिडल्याण्ड लगायतका आधा दर्जनभन्दा बढी सामाजिक संघसंस्थामा काम गरेका सापकोटा नेपाली समुदायकालागि परी पाउने दुखका साथी बन्न सफल भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *