रक्तचन्दनको तेल सहित ३ जना पक्राउ

डिसी नेपाल
४ भदौ २०७६ २१:०५

काठमाडौं । काठमाडौं महानगरपालिका १६ नयाँबजारबाट अन्दाजी ४५ लिटर रक्तचन्दनको तेल सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक मेलम्ची ईन्द्रावती गाउँपालिका ५ घर भएका ४३ वर्षीय जित बहादुर लामा, धादिङ धुनिबेशी नगरपालिका ३ घर भएका ५३ वर्षीय अच्यूत केसी र नुवाकोट वेलकोटगढी नगरपालिका ११ घर भएका २६ वर्षीय सुजन पौडेल रहेका छन्।

उक्त स्थानमा अवैध रुपमा रक्तचन्दनको तेल कारोवार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले जित बहादुर लामाको कोठा खानतलासी गर्दा प्लाष्टिकको बोराले बेरेर लुकाई छिपाई राखेको २ वटा सिल्भरको गाग्रीमा रहेको उक्त तेल फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *