भारतका पूर्वमन्त्री पी चिदम्बरम पक्राउ

डिसी नेपाल
४ भदौ २०७६ २२:३५

नयाँ दिल्ली (एजेन्सी) । भारतका पूर्व मन्त्री तथा भारतीय काँग्रेसका वरिष्ठ नेता पी चिदम्बरम पक्राउ परेका छन्। विगत २४ घण्टासम्म लुकेका चिदम्बरम बुधबार अबेर घरबाटै पक्राउ परेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। उनलाई केन्द्रीय जाँच ब्यूरो (सीआईबी) र मनी लाउण्ड्रीङ सम्बन्धि कार्यालय राष्ट्रिय पर्वतन निर्देशानालयका अधिकारीहरुले पक्राउ गरेका हुन्।

राष्ट्रिय सभाका सांसदसमेत रहेका चिदम्बरममाथि आईएनएक्स मिडिाय घोटाला गरेको आरोप छ। चिदम्बरमसँगै उनका छोरा कार्तिक पनि सो घोटालामा आरोपी छन्। सीआईबीले उनलाई पक्राउका लागि खोजेपछि मंगलबारबाट चिदम्बरम भूमिगत भएका थिए। तर, बुधबार दिउँसो उनी एक्कासी काँग्रेस मुख्यालयमा देखिएका थिए। उनले त्यहाँ पत्रकार सम्मेलन गरे आफुमथि बदलाको राजनीति गरेको सरकारमाथि आरोपसमेत लगाएका थिए ।

बुधबार उनलाई पक्राउ गर्न जाँदा चिदम्बरम घर भित्रबाछ चुक्कुल लगाएर बसेकोसमेत जनाइएको छ । सीआईबीका अधिकारीले घरको पर्खाला भत्काएर भित्र छिरेको र उनलाई पक्राउ गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

पी चिदम्बरम भारतकै चर्चित घोटाला २जीमा समेत मुछिएका छन्। चिदम्बरमा डा. मनमोहन सिंह सरकारमा पहिला गृह र पछि अर्थमन्त्री बनेका थिए।




प्रतिक्रिया

One thought on “भारतका पूर्वमन्त्री पी चिदम्बरम पक्राउ

Leave a Reply to Stevlafe Cancel reply

Your email address will not be published. Required fields are marked *