एनआरएनएको नवौँ विश्व सम्मेलन मिति सर्यो
काठमाडौँ। गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए/आईसीसी) को काठमाडौमा हुने नवौँ विश्व सम्मेलनको पूर्व निर्धारित मिति भन्दा दुईदिनपछि सरेको छ।
यसअघि सम्मेलन आगामी अक्टोबर १३ देखि १६ सम्म गरिने तय भएको थियो । एनआरएनएले बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै नवौँ विश्व सम्मेलनको मिति परिवर्तन भएकोले सम्पूर्ण गैरआवासीय नेपालीलाई आआफ्नो तालिका मिलाउन अनुरोध गरेको छ।
नयाँ तालिकानुसार अब अक्टोबर १५ देखि अक्टोबर १८ सम्म काठमाडौँको हायात होटलमा आयोजना हुने भएको छ।
सम्मेलनको मिति सर्दा पहिले नै आफ्नो टिकट बुकिङ र बिदा मिलाइसकेकालाई भने समस्या परेको छ। कतिपयले पूर्व निर्धारित मितिअनुसार १७ तारिख फर्कने गरेर आफ्नो तालिका मिलाएका थिए । नयाँ तालिकानुसार १७ तारिखबाट सम्मेलन शुरु हुने भएकोले उनीहरु समस्यामा परेका हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment