लुकाइछिपाई ल्याएको अवैध लागूऔषध सहित ४ जना पक्राउ

डिसी नेपाल
६ भदौ २०७६ १५:३६

काठमाडौं । रुपन्देही, तिलोत्तमा नगरपालिका २ शान्तिकुन्जबाट अवैध लागूऔषध ब्राउन सुगर १ सय ६० ग्राम सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा नवलपरासी (पश्चिम) सरावल गाउँपालिका ६ बस्ने २८ वर्षीय मुन्ना कहार र २९ वर्षीय रमेशराज कहार रहेका छन्। ५ नम्बर प्रदेश प्रहरी ब्युरो र ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले लु २७ प ७२ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

कास्की, पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित बसपार्कबाट नवलपरासी बर्दघाट नगरपालिका–१ बस्ने २१ वर्षीय शिव यादवलाई नियन्त्रित लागूऔषध डाइजेपाम ५० एम्पुल, नुरफिन ५० एम्पुल र फेनारागन ५० एम्पुल सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।

अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

बर्दियाको गुलरिया नगरपालिका ४ तुल्सिपुरबाट सोही ठाउँ बस्ने १९ वर्षीय रामचन्द्र केसीलाई अवैध लागूऔषध ब्राउन सुगर १ पुरिया र १८ वर्षीय दीपक चौधरीलाई अवैध लागूऔषध गाँजा करिब १० ग्राम सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।

सशस्त्र प्रहरी सेनामुख बर्दियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *