सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

डिसी नेपाल
७ भदौ २०७६ ०:०२

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका ४ नयाँठिमी चारदोबाटोस्थित सडकमा बा ७३ प ९७२१ नम्बरको मोटरसाइकल र बा ६७ प ६७५४ नम्बरको स्कुटर आपसमा ठक्कर खाई शुक्रबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक मध्यपुर ठिमी नगरपालिका ५ कमेरेटार बस्ने २२ वर्षीय राजेश गोजाको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका स्कुटर चालक भक्तपुर नगरपालिका ५ तौमढी बस्ने ३१ वर्षीय प्रबिण लोहलाको सोही अस्पतालमा उपचार भइरहेको छ। दुबै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *