एनआरएनए कतारमा मोहमद मुक्तदा समुहका उम्मेदवारको  ‘क्लिन स्विप’

डिसी नेपाल
७ भदौ २०७६ १३:३२

दोहा । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/ एनसीसी) कतारकोे निर्वाचनमा मोहमद मुक्तदा मुसलमानले नेतृत्व गरेको समुहका उम्मेदवारले क्लिन स्विप गरेका छन्।

अध्यक्ष पदमा मुक्तदाले आफ्ना निकटतम प्रतिस्पर्धी तेज कटुवाललाई फराकिलो मतले पराजित गरेका हुन् । प्रतिस्पर्धी कटुवालले प्राप्त गरेको १ हजार १ सय २६ मतलाई ९ सय ४० भोटले उछिन्दै मुक्तदाले २ हजार ६६ मत प्राप्त गरेका थिए।

यसैगरी प्रथम उपाध्यक्षमा मुक्तदा समुहकै उत्तम गुरुङ विजयी भएका छन् । उनले २ हजार १ सय ९३ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नारायण भण्डारीले ८ सय ९० भोट ल्याएका थिए । द्वितीय उपाध्यक्षमा टंक कुमार खड्का विजयी भए । खड्काले २ हजार १ सय ५६ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी ईश्वर काफ्लेले ८ सय ८७ मत ल्याएका थिए।

त्यस्तै महासचिवमा पदम गिरि विजयी भएका छन्। उनले १ हजार ९ सय ५ भोट प्राप्त गरे भने उनका निकट प्रतिस्पर्धी  माया केसीले १ हजार १ सय ६२ भोट पाइन्।सचिवमा अपसर खान र नेत्र भुजेल (नियम) विजयी भएका छन्। खानले १ हजार ९ सय ८८ र भुजेलले २ हजार ६ सय मत ल्याएका थिए।

कोषाध्यक्षमा विनोद प्रसाद बसौला विजयी भए । उनले प्रतिस्पर्धी राम प्रसाद गौतमको ८ सय १६ भोटका विरुद्ध २ हजार ५९ भोट ल्याएका थिए। सहकोषाध्यक्षमा तनबिर आलम विजयी भएका छन् । उनको भोट १९ सय ४३ छ भने निकटतम प्रतिस्पर्धी बुद्धबहादुर पाण्डेको १ हजार १ भोट रहेको छ।

त्यस्तै आईसीसी सदस्यमा ४ जना विजयी भएका छन् । जसमा केबी हमाल, रमेश भट्ट, होमनाथ शर्मा र युवराज शर्मा छन्।

युवा संयोजकमा रविन मगर विजयी भएका छन् । प्रतिस्पर्धी श्याम कुमार डाँगीले ल्याएको ७ सय ४६ मतभन्दा १५ सय ३० भोट बढी प्राप्त गर्दे मगरले जित्न सफल भए।

महिला उपाध्यक्षमा सरिता भण्डारी र महिला संयोजकमा अम्बिका खत्री यसअघि नै निर्विरोध चयन भएका थिए। विजयी हुने उनीहरु सबै मुक्तदा समूहकै उम्मेदवार हुन्।

निर्वाचन दोहास्थित नेपाली राजदूतावासमा शुक्रबार सम्पन्न भएको थियो। यो न्युज तयार पार्दा सम्मको गणना गरिएको मत परिणामअनुसार कार्यसमिति सदस्यमा पनि सबै मुक्तदा समूहकै उम्मेदवारहरू विजयी हुने बलियो सम्भावना छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *