टोखा नगरपालिकाद्वारा १० लाख सहयोग

डिसी नेपाल
९ भदौ २०७६ ८:०५

काठमाडौँ । टोखा नगरपालिकाले गरीब, दुःखी र असहाय विद्यार्थीलाई निःशुल्क पढाउनका लागि रु १० लाख आर्थिक सहयोग गरेको छ।

नगरपालिकाले आफ्नो नगरपालिकाभित्रका गरीब, दुःखी र असहाय विद्यार्थीको निःशुल्क पठनपाठनका लागि नेपाल स्कुलास्टिक एकेडेमी र निकेतन मेमोरियल स्कुललाई रु पाँच÷पाँच लाख आर्थिक सहयोग गरेको हो।

टोखा नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले टोखा नगरपालिकाभित्र रहेका कोही पनि बालबालिका पढाइबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले दुई विद्यालयलाई रु पाँच÷पाँच लाख रकम सहयोग गरेको जानकारी दिए ।

नगरपालिकाले सबै वडाका गरीब तथा असहाय विद्यार्थीलाई निःशुल्क कोचिङ कक्षासमेत सञ्चालन गर्ने जनाएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *