एनआरएनए थाइल्याण्डको नेतृत्वमा पुन: अवाले

डिसी नेपाल
१० भदौ २०७६ ११:०६

काठमाण्डौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) थाइल्याण्डको नेतृत्वमा पुन: असाजिता अवाले चयन भएका छन्। गत आइतबार सम्पन्न भएको अधिवेशनले सर्वसम्मतिमा अवालेको नेतृत्वमा नयाँ राष्ट्रिय कार्यसमिति चयन गरेको हो।

नयाँ कार्यकालका लागि महेन्द्र श्रेष्ठ, भविन्द्र बस्नेत, शंकर अधिकारी, कान्छा गुरुङ र उपाध्यक्षमा प्रेम दत्त, महासचिवमा रवि महर्जन, कोषाध्यक्षमा अतिश श्रेष्ठ , सचिवमा श्रीहरि आचार्य , महिला संयोजकमा मेगा चन्द, युवा संयोजकमा सुवास थापा त्यस्तै कार्यकारी सदस्यमा निरज वैद्य, राम की, डिल्ली ज्ञवाली, सुरज भण्डारी चयन भएका छन्।

त्यस्तै प्रवक्ताको रुपमा बरुण अमात्य नियुक्त भएका छन्।

अधिवेशनले एनआरएनए थाइल्याण्डका पूर्वअध्यक्ष खगेन्द्र ढकाललाई पुनः अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी) सदस्यमा चयन गरेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *