एनआरएनए पोर्चुगलको अध्यक्षमा तिलक गैरे

डिसी नेपाल
१० भदौ २०७६ १४:०५

लिस्वन । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआएनए/एनसीसी) पोर्चुगलको अध्यक्षमा तिलक गैरे निर्वाचित भएका छन्। संघको पाँचौ राष्ट्रिय महाधिवेशनको निर्वाचनबाट गैरे अध्यक्षमा विजयी भएका हुन्।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा भिमसेन थापा रोशन, उपाध्यक्षमा अशोक गुरुङ र मछिन्द्र अर्याल, महिला उपाध्यक्षमा सिता श्रेष्ठ, महासचिवमा हेमराज सुवेदी, कोषाध्यक्षमा जङ कुँवर र युवा संयोजकमा दिनेश भण्डारी निर्वाचित भएका छन्।

त्यस्तै अन्तराष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्यमा नारायण काजी मगर र रविन अधिकारी निर्वाचित भएका छन्।

महाधिवेशनको प्रमुख अथितिका रुपमा संघका केन्द्रिय उपाध्यक्ष एवं अध्यक्षका प्रत्यासी कुमार पन्त सहभागी  थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *