उपत्यकाव्यापी विज्ञान हाजिरीजवाफ प्रतियोगिता

डिसी नेपाल
११ भदौ २०७६ ८:२२

काठमाडौँ । रक्तकाली शैक्षिक प्रतिष्ठानअन्तर्गत ह्वाइटफिल्ड माध्यमिक विद्यालयले आयोजना गरेको तेस्रो ह्वाइटफिल्ड ‘उपत्यकाव्यापी विज्ञान हाजिरीजवाफ प्रतियोगिता–२०७६’ को दोस्रो दिन मंगलबार सेमिफाइनल खेल भएको छ।

सो खेलबाट जेम्स स्कुल वनस्थली, लिटिल एन्जल्स स्कुल हात्तीवन, केएमसी स्कुल शंखमूल र गोरखकारी स्कुल बालाजु फाइनलमा प्रवेश गरेका छन्।ह्वाइटफिल्ड इन्ट्रयाक्ट/रोट्रयाक्ट क्लबको संयोजकत्वमा सञ्चालित सो प्रतियोगितामा उपत्यकाका ४० वटा विद्यालय सहभागी भएका थिए।

सो प्रतियोगिताको पहिलो दिन सोमबार स्क्रिनिङ राउन्डबाट २० वटा विद्यालय छनोट गरिएको विद्यालयका संयोजक राममणि बगालेले जानकारी दिए। उनका अनुसार प्रतिष्ठानका संस्थापक निर्देशक गोपालकृष्ण श्रेष्ठ र प्रमुख अतिथि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले संयुक्त रूपमा सो प्रतियोगिताको सोमबार औपचारिक उद्घाटन गरेका थिए।

कार्यक्रममा विद्यालयकी प्रिन्सिपल दुर्गा श्रेष्ठ, भाइस प्रिन्सिपल पारस श्रेष्ठ, विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक-शिक्षिका लगायतको उपस्थिति रहेको थियो। सो कार्यक्रमसँगै विद्यार्थीले विभिन्न विज्ञान प्रदर्शनीसमेत गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *