युनाईटेडका फरवार्ड साञ्चेजलाई लोनमा भित्र्याउन इन्टर मिलान सहमत

डिसी नेपाल
११ भदौ २०७६ ८:५९

एजेन्सी । म्यानचेष्टर युनाईटेडका फरवार्ड एलेक्सेस साञ्चेजलाई लोनमा भित्र्याउन इन्टर मिलान सहमत भएको छ ।

ईन्टर मिलानका प्रशिक्षक एन्टोनियो कोन्टे युरोपियन ट्रान्सफर विन्डोको समय सकिनु अघिनै सान्चेजलाई क्लबमा ल्याउन ईच्छुक छन् । खेलाडी सरुवाको समय आगामी सोमबार सकिदैछ ।

सम्झौताले पुरा रुप लिए सान्चेजले म्यान युका पुर्व फरवार्ड रोमेलु लुकाकुको जोडी बनेर मिलान क्लबाट खेल्नेछन् । लुकाकु ७४ मिलियन पाउण्डमा यसै सिजन सिरि ए क्लब गएका थिए ।

तर लोनको सम्झौता सकिएपछि सान्चेजलाई किन्ने सम्बन्धि सम्झौतामा ईन्टरले सहमती जनाएको छैन । युनाईटेडमा रहदाँ सान्चेज सबै भन्दा धेरै रकम कमाई गर्ने खेलाडी थिए । उनले हप्तामा ४ लाख पाउण्ड कमाउने गरेका थिए । यो ईन्टरको हालको तलबको संरचना भन्दा बाहिरको रुप हो ।

सुझाव अनुसार सम्झौताको एक भागको रुपमा युनाईटेडले तलबमा अनुदान दिन सक्छ । ईन्टरले सान्चेजको साप्ताहिक तलबको रुपमा १ लाख ५० हजार पाउण्डको प्रस्ताव गरेको थियो । तर युनाईटेडले अझ बढी चाहन्थ्यो ।

सान्चेज १९ महिना अगाडी ईमिरेट्स स्टेडियम अर्थात आर्सनल छाडेर म्यान युनाईटेड आएका थिए । उनले ४५ खेलमा मात्र ५ गोल गर्न सके । उनले गत सिजन प्रिमियर लिगमा मात्र एक गोल गर्न सकेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *