नाडाल र फेडेरर युएस ओपन टेनिसको दोस्रो चरणमा

डिसी नेपाल
११ भदौ २०७६ ९:३३

एजेन्सी । स्पेनिस टेनिस स्टार राफायल नाडाल युएस ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् ।

बुधबार बिहान भएको पहिलो चरणको खेलमा अष्ट्रेलिया खेलाडी जोन मिलम्यानलाई पराजित गर्दै नाडालले दोस्रो चरणको यात्रा तय गरेका हुन् । दोस्रो वरियताका नाडालले मिलम्यानलाई ३–० को सोझो सेटमा पराजित गरे । नाडालले मिलम्यानमाथि ६–३, ६–२ र ६–२ को जित निकाले ।

महिलातर्फ शीर्ष वरियताकी जापानी नाओमी ओसाकाले अन्ना ब्लिनकोभालाई ६–४, ६–७ (५–७) र ६–२ को सेटमा हराएर दोस्रो चरणको यात्रा तय गरिन् । महिलातर्फ नै चौंथो वरियता प्राप्त रोमानियाकी सिमोना हालेपले पनि संघर्षपूर्ण जित निकाल्दै दोस्रो चरणको यात्रा तय गरेकी छिन् ।

यस्तै स्विस टेनिस स्टार रोजर फेडेरर पनि दोस्रो चरणमा प्रवेश गरेका छन् । मंगलबार भएको पहिलो चरणको खेलमा भारतीय खेलाडी सुमित नागललाई पराजित गर्दै फेडेररले दोस्रो चरणको यात्रा तय गरेका हुन् ।

तेस्रो वरियताका फेडेररलाई छनोटबाट आएका बिना वरियताका सुमितले निकै चुनौती दिएका थिए । पहिलो सेटमा फेडेररलाई सुमितले ६–४ ले हराएका थिए । तर, दोस्रो सेटबाट पुनरागमन गरेका फेडेररले ६्–१, ६–२ र ६–४ ले जित निकाल्दै दोस्रो चरणमा स्थान बनाउन सफल भए ।

महिलातर्फ अमेरिकी खेलाडी मेडिसन किजले दोस्रो चरणमा स्थान बनाएकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *