वेष्ट इण्डिजका यी खेलाडीले ८५ बर्षको उमेरमा बल्ल क्रिकेटबाट सन्यास लिँदैछन्

डिसी नेपाल
११ भदौ २०७६ १०:३०

काठमाडौँ । क्रिकेट खेलाडीहरुले सामान्यतया ३५ दखि ४० बर्षको उमेरमा सन्यास लिने गर्दछन् । जसमा तिब्र गतिका बलरको क्यारियर अझै छोटो हुन्छ । तर वेस्टइन्डिजका एक क्रिकेटरले ८५ बर्षको उमेरमा अब सन्यास लिने तयारी गरेको सुन्दा अचम्मै लाग्न सक्छ । वेस्टइन्डिजका सेसिल राइटले ८५ बर्षको उमेरमा आएर क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । अब आगामी सेप्टेम्बर ७ मा उनले आफ्नो अन्तिम खेल खेलेर सन्यास लिने बताएका छन् ।

राइटले जमैकाका लागि ग्यारी सोबर्स र बेस हलजस्ता हस्ती क्रिकेटरको विरुद्ध प्रथम श्रेणी क्रिकेट खेलेका छन् । उनले सन् १९५८ मा वेस्टइन्डिजमा खेलेका थिए । त्यसपछि उनी सन् १९५९ मा इङल्याण्ड पुगे र सेन्ट्रल लंकासर लिगमा क्रोम्पटनका लागि खेल्न शुरु गरे । यसपछि उनि यहि बस्ने निर्णय गरे । राइटले ६० बर्ष क्रिकेट खेल्दा करिब २० लाख खेल खेलेका छन् । जसमा उनले ७ हजार भन्दा बढी विकेट लिएका छन् ।

डेली मिररसँग कुरा गर्दै राइटले आफु यति धेरै समय खेलेको बारे जवाफ दिन नसक्ने बताए । उनले यसको श्रेय लंकशरको पारम्परिक भोजनका कारण आफु लामो समय खेल्न सकेको बताउछन् । उनले खानेकुरा जे पनि खाने बताउदै अल्कोहल भने त्यति नलिने तर वियर कहिले काँही खाने बताए ।

उनले आफुले कहिले पनि उमेरलाई बहाना नबनाएको बताउदै आफुलाई सधै सक्रिय बनाएको बताए । उनले आफुलाई टिभी हेर्न भन्दा घुम्न मन पर्ने बताए । राइटले एक समय खेलेका पाँच सिजनमा ५३८ विकेट लिएका थिए, जसमा उनले फालेका हरेक २७ बलमा विकेट लिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *