दिल्लीमा रहेको फिरोजशाह कोट्ला स्टेडियमको नाम परिवर्तन हुँदै

डिसी नेपाल
११ भदौ २०७६ १०:४८

एजेन्सी । दिल्लीमा रहको फिरोजशाह कोटला स्टेडियम को नाम परिवर्तन हुने भएको छ । जिल्ला क्रिकेट संघ दिल्लीले मंगलबार उक्त स्टेडियमको नाम आफ्नो पूर्व अध्यक्ष तथा भारतका पूर्व अर्थमन्त्री अरुण जेट्लीको नामबाट राख्ने निर्णय गरेको छ। उनको अघिल्लो हप्ता निधन भएको थियो।

उक्त निर्णयपछि अब त्यो स्टेडियमको नाम अरुण जेट्ली स्टेडियम हुनेछ। सो स्टेडियमको नामाकरण १२ सेप्टेम्बरमा विशेष समारोहका विच गरिनेछ । यसका साथै सो मैदानमा एउटा स्ट्याण्ड हाल भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीको नाममा पनि राखिने भएको छ ।

यो निर्णयमा पूर्व खेलाडी तथा भाजपाका सांसद गौतम गम्भिरले राजी जनाउँदै यमुना स्पोर्टस क्लवको नाम पनि जट्लीको नामबाट राख्नुपर्ने पत्र उपराज्यपाललाई लेखेका थिए । यसका साथै यो स्टेडियममा अब सुविधा पनि बढाइने भएको छ । खेलाडीको ड्रेसिङ रुम लगायतका अरु भागहरु विश्व स्तरिय बनाउन लागिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *