नेइमारलाई अनुबन्ध गर्ने प्रक्रिया कहाँ पुग्यो ? बार्सिलोनाका निर्देशकले बताए हालसम्मको उपलब्धि

डिसी नेपाल
११ भदौ २०७६ १०:५५

काठमाडौँ । बार्सिलोनाले नेइमारको विषयमा पिएसजीसँग तेस्रो पटक छलफल गरेको छ । मंगलबार बार्सिलोनाको एक प्रतिनिधिमन्डलले पिएसजीका अधिकारीहरुसँग भेटी आफ्नो तेस्रो प्रस्ताव राखेको हो ।

गोल डट कामका अनुअसार बार्सिलोना नेइमार भित्र्याउने नजिक पुगेको उल्लेख गरेको छ । बार्सिलोनाले नेइमारका लागि १७७ मिलियन अमेरिकी डलरको प्रस्ताव गरेको छ । बार्सिलोनाले फाइनान्सियल फेयर प्लेको दायरामा बसेर पिएसजीलाई तीन पटक गरि सो रकम भुक्तानी गर्ने प्रस्ताव गरेको छ ।

तर पिएसजीले भने नेइमारको लागि १११ मिलियन डलर र खेलाडी नेलसन सेमेड़ो मागेको बताइएको छ । पिएसजीको प्रस्तावमा बार्सिलोनाले भने कुनै खेलाडी नदिने बताएको उल्लेख गरिएको छ । भुक्तानीका विषयमा कुरा नमिले पनि बसिलोना नेइमार भित्र्याउने धेरै नजिक पुगेको बताइएको छ । अब कुनै पनि बेला नेइमारका विषयमा बार्सिलोना र पिएसजीबीच सहमति हुने समेत बताइएको छ ।

बार्सिलोनाका कार्यकारी निर्देशक जाभियर बोरडासले भने, ‘हामी सहमतिमा पुगिसकेका छैनौ, अझै छलफलमै छौ तर धेरै नजिक भने पुगेका छौ ।’नेइमारका विषयमा कुरा गर्न बार्सिलोनाका सीइओ ओस्कार गराउसहितको प्रतिनिधिमंडल पेरिस पुगेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *