विना सहमति राजनीतिक समितिको बैठक बोलाएपछि राजपामा विवाद

डिसी नेपाल
११ भदौ २०७६ ११:२९

काठमाडौं। राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले अध्यक्ष मण्डलको सहमति विनै राजनीतिक समितिको बैठक बोलाएपछि विवाद चुलिएको छ। राजनीति समितिको बैठक बोलाउँदा अध्यक्ष मण्डलको सहमति आवश्यक पर्ने भएपनि संयोजक यादवले सहमति विनै बैठक बोलाएपछि विवाद भएको हो।

संयोजक यादवले अध्यक्ष मण्डलसँग छलफल नै नगरी आगामी शुक्रबार र शनिबार बस्ने गरी राजनीतिक समितिको बैठक बोलाएका छन्।
अध्यक्ष मण्डलसँग छलफल नै गरी बैठक बोलाएपछि राजपाभित्र ‘खैलाबैला’ मच्चिएको छ।

समन्वयकारी भूमिकामा रहनु पर्ने संयोजकले गुटबन्दी गर्ने प्रयोजनले बैठक बोलाएको भन्दै राजपाभित्र असन्तुष्टि बढेको छ।

‘राजनीतिक समितिको बैठक बोलाउन अध्यक्ष मण्डलको सहमति चाहिन्छ। अध्यक्ष मण्डलको सहमति विना राजनीति समितिको बैठक बस्न सक्दैन,’ राजपा महासचिव केशव झाले डिसी नेपालसँग भने, ‘अध्यक्ष मण्डलको संयोजकले समन्वयकारी भूमिका निर्वाह गर्ने हो। संयोकले बैठक बोलाएपनि बैठक बस्न संभव छैन।’

महासचिव झा

राजपामा राजनीतिक समिति अध्यक्ष मण्डलपछिको शक्तिशाली मानिन्छ। ३४ जना सदस्य रहने राजनीतिक समितिमा सात जना सचिवालय सदस्य आमन्त्रित सदस्यका रुपमा रहने व्यवस्था छ। समन्वयकारी भूमिकामा रहनु पर्ने संयोजकले गुटबन्दी गर्ने प्रयोजनले बैठक बोलाएको भन्दै राजपाभित्र असन्तुष्टि बढेको छ। संयोजक यादवले बोलाएको बैठक स्थगित गर्न अध्यक्ष मण्डललाई कार्यकर्ताले दवाब दिन थालेका छन्।

‘सामुहिक नेतृत्वमा चलेको पार्टीमा संयोजकले आफूखुशी गर्नलाई बैठक बोलाउनु भएको हो,’ महासचिव झाले भने, ‘उहाँले आफ्नो अधिकारीको दुरुपयोग गर्नु भएको छ। यसले पार्टीलाई फाइदा गर्दैन।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *