कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्राप्त गरेका छन्।
बिहीबार कर्णाली प्रदेशसभा बैठकमा विश्वासको मतको प्रस्तावमाथि भएको मतविभाजनका क्रममा कँडेलको पक्षमा २३ मत परेको थियो भने विपक्षमा ११ मत परेको थियो। त्यस्तै एक सांसद तटस्थ बसेका थिए।
कुल ४० सदस्यीय प्रदेश सभामा मतविभाजनका क्रममा ३५ सांसद उपस्थित थिए। प्रदेशसभाका सभामुख नन्दा गुरुङले मुख्यमन्त्री कँडेललाई परेको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मत स्वीकृत भएको घोषणा गरे।
कँडेललाई प्रदेश प्रमुख तिलक परियारले चैत २७ गते कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment