गोदावरी अधिवेशन सहभागी हुन नदिएर नियोजित रुपमा निषेध गर्न खोजियो : भीम रावल

डिसी नेपाल
१३ वैशाख २०८१ १६:५६

काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले राजनीतिको घुम्ती परिवर्तन गर्ने सोचमा पुगेको बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित साक्षात्कारमा रावलले एमालेका नेताहरुको व्यवहारका कारण आफु राजनीतिको घुम्ती परिवर्तन गर्ने सोचमा पुगेको बताएका हुन्।

उनले महाधिवेशन परिषद् सदस्यको हैसियतमा आफुलाई परिषद् बैठकमा सहभागी हुन नदिएर नियोजित रुपमा निषेध गर्न खोजिएको तर्क गरे।

जस्तोसुकै परिस्थीति आएपनि आफु एमालेमा रहनुपर्छ भन्ने मान्यताका साथ अघि बढेपनि गोदावरी अधिवेशनपछि राजनीतिक जीवनको मोडमा धकेलिएको महशुस भएको उनले बताए। रावलले भविष्यमा राजनीतिको अर्को घुम्ती कस्तो हुने हो, पछि नै बताउने जिकिर गरे।

रावलले कम्युनिष्ट पार्टीले हिरक जयन्ती मनाउँदै गर्दा कम्युनिष्ट एकताको जनताको आकांक्षालाई घात गरेको आरोप लगाए। आफूले गरेको गल्तीको दोष अरुलाई दिएर इतिहासले कसैलाई छुट नदिने उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *