रोड्रिग्वेज र फाल्काओ राष्ट्रिय टिममा परेनन्!

डिसी नेपाल
११ भदौ २०७६ ११:५४

एजेन्सी । रियल मड्रिडका स्टार जेम्स रोड्रिग्वेज र मोनाकोका फरवार्ड राडामेल फाल्काओ कोलम्बियाको राष्ट्रिय फुटबल टिम बाहिर परेका छन् ।

कोलम्बियाले अर्को महिना खेल्ने मैत्रीपूर्ण खेलमा दुई स्टार खेलाडीलाई टिम बाहिर राखेको हो । दुवै खेलाडी पछिल्लो समय चोट बोक्दै मैदान बाहिर रहेका छन् ।कोलम्बियाले अर्को महिना ब्राजिल र भेनेजोयलासंग मैत्रीपूर्ण फुटबल खेल्दैछ ।

मड्रिड क्लबले रोड्रिग्वेजको चोटको पुष्टि गर्दै उनी कति समय मैदान बाहिर रहन्छन भनेर भन्न नसकिने जनाएको छ । जेम्स सिजनको पहिलो खेलमा रियलको जर्सीमा मैदान उत्रिएका थिए । सन् २०१७ को मेबाट पहिलो पटक रियलको जर्सीमा उत्रिएका जेम्सले चोट बोकेका थिए । सो खेलमा रियल मड्रिडले रियल भालाडोलिडसंग १–१ गोलको बराबरी खेलेको थियो ।

खेलपछि जेम्सले आफुले फरक महसुस गरेको बताएका थिए । कोलम्बियन प्लेमेकरले दुई सिजन लोनमा जर्मन क्लब बार्यन म्युनिख बिताएका थिए । उनले दुई बुन्डेशलिगाको उपाधि जितेका थिए । तर सिजनको अन्तिममा बार्यनले जेम्सलाई स्थायी रुपमा क्लबमा राख्न नसक्ने बताएपछि उनी रियल मड्रिड फर्किएका हुन् ।

एट्लेटिको मड्रिड र नापोलीले जेम्सलाई अनुबन्धनको चासो देखाएका थिए । तर दुवैको प्रस्तावले औपचारिक रुप लिन पाएन । जेम्स भने स्पेनिस महारथी क्लबमै रहने ईच्छा देखाएका थिए । उनी सन् २०१४ मा रियल मड्रिड आएका थिए । उनले रियलको जर्सीमा १ सय १२ खेल खेलेका छन् । उनको सम्झौता सकिन अझै २ बर्ष बाँकी छ ।

यता, कोलम्बियन फरवार्ड फाल्काओ अहिले चोटका कारण मैदान बाहिर छन् । मोनाकोका स्टार फाल्काओ लिग वान क्लब छाड्ने तयारीमा छन् । कोलम्बिया कोपा अमेरिकामा क्वाटरफाईनलसम्म पुगेको थियो । तर पेनाल्टी सुटआउटमा चिलीसंग पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *