नियम तोडेपछि यातायात मन्त्रीकै गाडी ट्राफिकको कारबाहीमा

डिसी नेपाल
११ भदौ २०७६ १६:२२

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ चढ्ने गरेको गाडी ट्राफिक प्रहरीको कारबाहीमा परेको छ। महासेठ चढ्ने गरेको बा २ झ ४८६२ नम्बरको झण्डावाला गाडीलाई मंगलबार अपराह्न ट्राफिक प्रहरीले नयाँ बानेश्वरमा ह्वील लक गरी कारबाही गरेको हो।

पार्किङ निषेधित गरिएको फुटपाथमा रोकिराखेको सो गाडीलाई ट्राफिक प्रहरीले ह्वील लक गरेर चालकलाई एक हजार रुपैयाँ जरिवाना गरेको डउए । चालक शिवराम थापाको लाइसेन्स लिएर एक हजार रुपैयाँ जरिवाना गराएर गाडी छोडिएको छ। पार्किङ निषेधित क्षेत्रमा भेटिएपछि प्रहरीले कारबाही गरेको हो । प्रहरीका अनुसार गाडीमा मन्त्री भने थिएनन्।




प्रतिक्रिया

One thought on “नियम तोडेपछि यातायात मन्त्रीकै गाडी ट्राफिकको कारबाहीमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *