‘सनातन धर्म र संस्कृतिमाथि योजनाबद्ध ढंगले आक्रमण भयो’

डिसी नेपाल
११ भदौ २०७६ १७:०२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सनातन धर्म र संस्कृतिमाथि योजनाबद्ध र सांगठनिक रुपले आक्रमण भईरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

हरितालिका तीजको अवसरमा पार्टीको महिला संगठनले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले केही वर्षदेखि निरन्तर रुपमा धर्म र संस्कृतिमाथि प्रहार भईरहेको बताएका हुन्।

धर्म, संस्कृति र परम्पराको आधारमा एकतावद्ध भएको समाजलाई धर्म निरपेक्षताको नाममा बढ्दो धर्म परिर्वतन गराउने क्रमले कमजोर बनाउदै लगेको तर्क उनले गरे। उनले धर्म परिर्वतन गराउने क्रम नरोकीए मुलुक डरलाग्दो धार्मिक द्वन्द्वमा फस्ने चेतावनी दिए।

अध्यक्ष थापाले धर्म निरपेक्षताको आडमा भईरहेको धर्म परिर्वतनलाई नियन्त्रण गर्ने तर्फ सरकारको ध्यानाकर्षण पनि गराए। उनले १० वर्षको बीचमा दशाैँ लाखको धर्म परिर्वतन भएको दाबी गर्दै धर्म, संस्कृति जोगाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *