सरकारी निकायले आफ्नो अभिलेख व्यवस्थापन गर्न सकेनन् : सचिव राई

डिसी नेपाल
११ भदौ २०७६ १९:३०

काठमाडौं । गृह सचिव प्रेम कुमार राईले कुनैपनि सरकारी निकायले आफ्नो अभिलेखलाई राम्रोसंग व्यवस्थापन नगरेको बताएका छन्।

संघीय संसद राष्ट्रियसभा अन्र्तगत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बुधबार बसेको बैठकमा सिंहदरबारको मुख्य भवन बेलायती बैठकमा रहेका आखेटोपहार लगायत राष्ट्रिय महत्वका दस्तावेज संरक्षण सम्बन्धी छलफलका क्रममा उनले यस्तो बताएका हुन्।

गृहसचिव राईले कुनै पनि निकायले आफ्ना विभागीय जिम्मेवारी भित्रको ऐतिहासिक दस्तावेजलाई व्यवस्थापन नगरेको बताए।

विदेशमा संरक्षणको जिम्मेवारी निजी क्षेत्रलाई दिने अभ्यास रहेको उल्लेख गर्दे उनले नेपालमा भने निजी क्षेत्रलाई दिदा कोकोहोला मच्चाउने अनि सरकारी निकायले संरक्षण नगर्ने प्रवृति देखिएको बताए। उनले सरकारी निकायका अधिकारीहरु जिम्मेवार नबन्दा आफु गृह मन्त्रालयका डंगुर फोहोर सोर्नेमा परेको गुनासो पनि गरे।

उनले भने, ‘अहिले भएका अड्डाहरुले पनि आफ्ना मालसामानहरु राम्रो संग सम्हालेर राखेका छैनन्। आफुले गाडी प्रयोग गर्यो चलुन्जेल। अनि ल्याएर फालिदिएका छन्। पछि तीन वटा हाकिम फेरेपछि उसको थाप्लोमा चाही गाडीका थुप्रो सोहोर्नु पर्ने अवस्था श्रृजना हुन्छ। यो सोर्नेमा म धेरै परेको छु।’

उनले भने, ‘गृहमन्त्रालयका यी डंगुर फोहर सोर्नेमा मैले २०६७ सालमा पनि ८/१० ट्रक सामान जलाएर सफाई गरेको । अहिले ७०/८० वटा गाडी लिलाम गरेँ। ३२ वटा गाडी स्थानीय तहमा हस्तान्तरण गरेको छु।’

गृहमन्त्री राईले बेलायती बैठकमा रहेका आखेटोपहारलगायत राष्ट्रिय महत्वका दस्तावेजको रेकर्ड कहि फेला नपरेको तथा अहिले संरक्षण विहिन अवस्थामा रहेकाले मुसा र कुकरको बासस्थान बनेको बताए।

ओखेटोपहार व्यवस्थापन सम्बन्धमा समितिले बुधबार गृहसचिव र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवसंग छलफल गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *