को बन्ला युईएफए वर्ष खेलाडी ?

डिसी नेपाल
१२ भदौ २०७६ ६:५७

एजेन्सी । युरोपेली फुटबल महासंघ (युईएफए)ले वर्ष पुरुष खेलाडीको अवार्ड आज घोषणा गर्दैछ। गत सिजन गरेको प्रर्दशनका आधारमा युईएफएले १० खेलाडीको सुचीबाट केही समय पहिले अन्तिम तीन खेलाडीको मनोनयन सार्वजनीक गरेको थियो।

वर्ष खेलाडीको प्रतिष्पर्धामा क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र भर्जिल भानडीक रहेका छन्। । युईएफएको गोल अफ दी ईयर जितेका मेस्सीले गत सिजन बार्सिलोनाबाट ५१ गोल गरेका थिए । उनले सिजनको अन्तिममा स्पेनिस लिगको उपाधि जितेका थिए ।

यता युभेन्ट्समा डेब्यु सिजनमा २८ गोल गरेका रोनाल्डोले क्लबलाई लिग उपाधि जिताएका थिए । पोर्चुगललाई युईएफए नेसन्स लिगको उपाधि जिताएका रोनाल्डोले गत सिजन उत्कृष्ट फर्ममा देखिएका थिए ।

यसैगरी लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि जिताउन महत्वपुर्ण भुमिका खेलेका डाइकले डच टिमलाई नेसन्स लिगको फाईनलसम्म पु¥याएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *